

अनेरास्ववियुकी नेतृ रक्षा रिहा

काठमाडौं- नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी नेतृ राजमती उर्फ रक्षा बम रिहा भएकी छन् ।
अपराधिक लाभ लिएको अभियोगमा पक्राउ गरेकी उनलाई जिल्ला सरकारी वकिलको रायमा रिहा गरिएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालयको रायमा प्रहरीले बमलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्ने भएको छ ।
आफ्नो मोबाइल खोसेर गोप्य कागजात नष्ट गरेको आरोपमा उनीविरुद्ध प्रहरीमा रश्मिला धामीले उजुरी दिएपछि बम गत बुधबार पक्राउ परेकी थिइन् ।

