नेपाल प्रहरीकाे ९ एसपी र ४ डिएसपीमा बढुवा सिफारिस (नामसहित)


काठमाडौं – नेपाल प्रहरीका जनपथ तर्फ ८,  प्राविधिक तर्फ प्रहरी उपरिक्षक (एसपी) र प्रहरी नायब उपरिक्षक (डिएसपी) बढुवा सिफारिस गरेको छ ।

प्राविधिक नर्सिङतर्फको एसपी पदका लागि डिएसपी कमला लामा बढुवा सिफारिसमा परेकी छिन् भने नर्सिङकै डिएसपीमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) लक्ष्मी थापा बढुवा सिफारिस भएकी छिन् ।

त्यस्तै इन्जिनियरिङ उपसमूहको भौतिक इन्जिनियरिङतर्फ इन्स्पेक्टर नितिन लाखे डिएसपी बढुवाका लागि सिफारिस भएको पनि हेडक्वार्टरद्वारा सूचनामा उल्लेख छ ।

त्यस्तै केनाइनतर्फ चेतनारायण ज्ञवाली र आर्मरतर्फ सोमप्रसाद पंगेनी डिएसपी बढुवाका लागि सिफारिस भएका छन् ।

यसअघि बुधबार नै हेडक्वार्टरले जनपथ तर्फका ८ डिएसपीलाई एसपीमा बढुवा सिफारिस गरेको थियो ।

डिएसपीबाट एसपी हुने जनपथ तर्फका अधिकृतहरुमा ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्यामबाबु ओलिया, निरञ्जनदत्त भट्ट, राजन लिम्बु र विनोद घिमिरे क्रमशः पहिलोदेखि ८ औं नम्बरमा बढुवा सिफारिस भएका छन् ।

प्रतिक्रिया