

रुकुमबाट ओढारमा लुकाइराखेको ५ थान बन्दुक बरामद

रूकुम पूर्व – भुमे गाउँपालिका-४ नौधारीस्थित राल्मा सामुदायिक जंगलको ओढारमा लुकाई छिपाई राखिएको भरूवा बन्दुक ५ थान शनिबार बेलुकी प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

