

साथी नै बने शत्रु: बियर पिउन गएका बेला नदाफको घाँटी रेटियो

धनुषा- धनुषामा एक युवकको घाँटी रेटेर हत्या भएको छ । जनकनन्दनी गाउँपालिका–२ का १८ वर्षीय कैफ नदाफको साथीले नै हत्या गरेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते नदाफलाई उपचारको क्रममा भारत लगिएको थियो । उपचारको क्रममा उनको राति २ बजे मृत्यु भएको प्रहरीले जानएको छ ।
हिजो राति साढे १० बजेतिर साथीसँग बियर खान गएको बेला मोबाइलमा भिडियो हेर्ने विषयमा विवाद हुँदा दुईजना साथीले नदाफको घाँटी रेटेका थिए । हत्यामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाले बताए ।
पक्राउ पर्नेमा ३० वर्षीय सहमत नदाफ र २२ वर्षीय जाकिस नदाफ रहेको प्रहरीले जानकारी दिएको छ । उक्त विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी अवाले बताए ।

