

प्रहरी कारबाहीमा अवरोध पुर्याउने चार जना क्यासिनोबाट पक्राउ

वीरगञ्ज — वीरगञ्जस्थित एक क्यासिनोमा नेपालीलाई प्रवेश गराउन खोज्ने चार पक्राउ परेका छन् ।
वीरगञ्ज महानगरपालिकाको वडा नं. १५ स्थित भिष्वा होटलको क्यासिनोमा नेपालीहरुलाई प्रवेश गराएको भन्ने सूचनाका आधारमा क्यासिनो पुगेको जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीलाई अवरोध गरेको अभियोगमा ती चार जनालाई पक्राउ गरिएको हो ।
ती चार जनाले प्रहरीसँग वादविवाद तथा प्रहरी कारबाहीमा अवरोध गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
पक्राउ पर्नेमा जिल्ला कास्की पोखरा महानगरपालिका – १५ बस्ने का वर्ष ३२ को प्रताप लामा, सर्लाही बरहथवाका उमेश कार्की, वीरगञ्ज १६ का पप्पु सिंह र सुरजकुमार कलवार पक्राउ परेका हुन् । ती मध्ये लामा सीएमजी क्लबका सेक्युरिटी गार्ड हुन् भने कार्की मार्केटिङ म्यानेजर हुन् । त्यस्तै सिंह सोही क्लबका प््mलास म्यानेजर भएको पनि खुलेको छ ।

