गोली लागेको अवस्थामा मृत भेटियो बाघ


बारा- बाराको तामागढी साझेदारी वन क्षेत्रभित्र गोली हानेर मारिएको अवस्थामा मंगलबार तीन वर्षको पोथी बाघ पुच्छर, दाँत र जुँगा समेत चोरी भएको अवस्थामा फेला परेको छ ।

तामागढी साझेदारी वन क्षेत्रभित्र गोली लागि मृत अवस्थामा फेला परेको बाघको पुच्छर, दाँत र जुँगा समेत चोरी भएको कोल्हवी सवडिभिजन वन कार्यालयले जनाएको छ ।

योसँगै बारामा डेढ महिनाको अन्तरमा बारामा करिब आठ वटा बाघ मरी सकेको छ । चार दिनअघि बाराको कछडिया सामुदायिक वनमा करिव आठ वर्षको जवान भाले बाघ बकैया खोला छेउ मृत अबस्थामा फेला परेको थियो । मासुमा बिष हालेको कारण बाघको मृत्यु भएको आंशका थियो ।

प्रतिक्रिया