दुई नाबालिगलाई करणी गरेको अभियोग लागेका ५७ वर्षीय सीताराम जेल चलान


पोखरा-  गोरखा जिल्ला अदालतले दुई नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्तिलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

गोरखा नगरपालिका-१४ सलाङगिरीका ५७ वर्षीय सीताराम भन्ने दलबहादुर विश्वकर्मालाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

विकले फागुन ९ गते बिहान ११ बजे ७ र ९ वर्षकी दुई नाबालिकलाई फकाईफुलाई झरौटे धारा वनमा लगेर जबरजस्ती करणी गरेकाे जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएकाे छ । त्यसपछि पीडिका आफन्तले किटानी जाहेरी दिएपछि विकलाई प्रहरीले फागुन १० गते पक्राउ गरेको थियो ।

 

प्रतिक्रिया