

सरकार र लघुवित्त पीडितबीच वार्ता सुरु

काठमाडौं – सरकार र लघुवित्त पीडितहरूबीच वार्ता सुरु भएको छ ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सरकार र लघुवित्त पीडितका प्रतिनिधिबीच वार्ता सुरु भएको हो ।
वार्तामा अर्थ मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसाल र लघुवित्त पीडितका तर्फबाट मणिराम ज्ञवालीले नेतृत्व गरेका छन् ।

