सन्दीपलाई १३ वर्ष कैद सजायको माग राख्दै उच्च अदालतमा पुनरावेदन


काठमाडाैं- बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दीप लामिछानेलाई अधिकतम सजाय माग गर्दै उच्च सरकारी वकिल कार्यालयले उच्च अदालत पाटनमा पुनरावेदन दिएको छ । सरकारी वकिल कार्यालयले लामिछानेलाई अधिकतम सजाय नभएको जिकिर गरेको छ ।

जिल्ला अदालत काठमाडौंले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै गएको पुस २५ गते ८ वर्ष कैद, तीन लाख जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति हुने फैसला गरेको थियो ।

सन्दीपबाट बलात्कार ठहर भएकी ‘गौशाला २६’ नाबालिग भएको दाबी गरिएकाे थियाे । तर,  काठमाडौं जिल्ला अदालतले तेस्रोपटक मगाएको जन्मदर्ताको कागजअनुसार बालिग भएको ठहर गरेको थियो ।

सरकारी वकिलले उनी बलात्कारमा परेकाबेला नाबालिग भएकाले सन्दीपलाई १३ वर्ष कैद सजाय हुनुपर्ने माग दाबी गरेको छ। सरकारी वकिलले काठमाडौं जिल्ला अदालतको फैसला बदर हुनुपर्ने माग गरेको छ।

सन्दीप लामिछानेले पनि जिल्ला अदालतले आफूलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको विपरीत उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए । उनले थुना बाहिर बसेर पुनरावेदन गर्ने सुविधा पाएका थिए ।

प्रतिक्रिया