रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु


काठमाडौं- रुसी सेनामा कार्यरत थप सातजना नेपालीको मृत्यु भएको छ । यसको जानकारी परराष्ट्र मन्त्रालयले बिहीवार विज्ञप्ति जारी गर्दै दिएको हो ।

मृत्यु हुनेमा धादिङका पूर्वबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे र झापाका गंगाराम अधिकारी छन् ।

यस्तै बागलुङका जीतबहादु विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान छन् ।

यससँगै रसियन सेनामा भर्ना भएर ज्यान गुमाउने नेपालीको संख्या २० पुगेको छ । यसअघि सरकारले औपचारिक रुपमा १३ जना नेपालीको ज्यान गएको जनाएको थियो ।

 

प्रतिक्रिया