सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन आज बुझाइँदै


काठमाडौं – सुन तस्करी जाँचबुझ आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउँदै छ ।

गत असारमा पक्राउ गरिएको ६० किलो र भेपमार्फत गरिएको सुन तस्करीबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउन लागेको हो  ।

जस अनुसार आज आयोगका पदाधिकारीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गर्दैछन् । उक्त प्रतिवेदन गृह मन्त्रालयमा विभागीय मन्त्रीले बुझ्ने छन् ।

गत असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो । सुरुमा ३ महिना समय दिइएको आयोगको समय सीमा थप २ महिना थप्ने निर्णय गरेपछि आयोगले आफ्नो काम पुरा गरेको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया