प्रतिपक्षी दलको अवरोधपछि संसद् बैठक स्थगित


काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलका सांसदले बालकुमारी घटनालगायतका विषयमा सरकारको जवाफको माग गर्दै संसद् अवरुद्ध पारेका हुन् ।

विभिन्न माग राख्दै सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख घिमिरेले बस्न र कार्यसूचीअनुसार बैठक अघि बढाउन आग्रह गरेपनि उनीहरू मानेनन् । यसपछि बैठक स्थगित भएको हो ।

प्रतिक्रिया