देश लुट्ने कसैलाई पनि छाडिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ


नेपालगञ्ज  – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले छोटो समयमा देश र जनताका लागि उदाहरणीय कामहरू गर्दै अगाडि बढेको बताएका छन् ।

नेकपा माओवादी केन्द्र बाँके जिल्ला समन्वय समितिले शुक्रवार नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

भ्रष्टाचार नियन्त्रण, आर्थिक अवस्थामा सुधार र सामाजिक रुपान्तरणसँगै विकास निर्माणका काममा सरकारले उल्लेखनीय कार्यहरू गरेको उनको भनाइ थियो ।

सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न अझै पनि ठूला ठूला कार्य गर्ने प्रतिबद्धता जनाउँदै उनले भ्रष्टाचार र देशको सम्पत्ति लुट्ने कार्यमा संलग्न कसैलाई पनि नछोडिने प्रष्ट पारे ।

‘सरकारले शुरू गरेका सुशासनका काम पूरा गर्न कुनै पनि दबाब र हस्तक्षेपका अगाडि झुक्ने छैन, गलत कार्यमा संलग्न मानिस जुनसुकै ओहदा वा दलको भएपनि कानुनी दायरामा ल्याइनेछ’ उनले भने ।

 

प्रतिक्रिया