बालकुमारी घटनाको प्रतिवेदन संसदमा पेस गर्न एमालेको माग


काठमाडौं- नेकपा एमालेले  बालकुमारी घटनाको छानविन आयोगले सरकारलाई बुझाएको प्रतिवेदन संसदमा पेश गर्न माग गरेको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद योगेश भट्टराईले बालकुमारी घटनामा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि दोषी देखिएकाले उनलाई पनि पदमा बसिरहन नैतिकताले नदिने बताए । ‘आयोगले बुझाएको प्रतिवेदनमा के छ अहिले संसद चलिरहेको। यसमा के भइरहेको यसबारे प्रधानमन्त्रीले जानकारी गराउनुपर्छ’ उनले भने ।

बालकुमारी घटनामा छानबिन आयोगको प्रतिवेदनमा दोषी देखाइएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कारबाही गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया