
काम गर्न नसक्नेलाई विश्राम दिउँ, दाग लागेको मन्त्रीलाई घर पठाऔँः महामन्त्री थापा
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काम नगर्ने मन्त्रीलाई विश्राम दिनुपर्ने बताएका छन् । ललितपुरको गोदावरीमा पार्टीको महासमिति बैठकको समापन समारोहमा बोल्दै महामन्त्री थापाले काम नगर्ने मन्त्रीलाई विश्राम र दाग लागेका मन्त्रीलाई घर पठाउनुपर्ने बताए ।
‘हामी निर्वाचन लड्छौं। सरकारमा जान्छौं । सरकारमा यस्तो काम गरौं कि अर्कोपटक चिन्ता गर्न नपरोस् । बरु काम नगर्ने मन्त्रीलाई विश्राम दिउँ । दाग लागेका मन्त्रीलाई घर पठाउँ । हामीले काम गरेर देखाउँ । काम देखाउन नसक्नेलाई अर्को वर्ष १० वर्ष घर बसाउँछु भनौं । अनि हाम्रो शक्ति आफैं बढ्दै जान्छ,’ उनले भने ।
उनले काँग्रेस सरकारमा रहेकाले जनतालाई सुशासन र डेलिभरी दिन सक्नुपर्ने बताए ।



कागजपत्र |
