सुर्खेतबाट काठमाडौं आएको जहाज भैरहवामा, मुम्बईबाट आएको जहाज लखनऊतिर


काठमाडौं- सुर्खेतबाट काठमाडौं उडेको जहाजले मौसम गडबडी भएपछि फर्किएर भैरहवामा अवतरण गरेको छ । सुर्खेतबाट ३ बजे उडेको बुद्ध एयरको उडान नम्बर U4136 काे कल साइन  9 N-AMY जहाज भैरहवा अवतरण भएको हो ।

यस्तै अपराह्न भारतको मुम्बईबाट काठमाडौं आएको इन्डिगो एयरलाइन्सको जहाज काठमाडौं अवतरण गर्न नसकेपछि भारतको लखनऊ डाइभर्ट भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए ।

काठमाडौंको प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुने डोमेस्टिक तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् ।

प्रतिक्रिया