राष्ट्र बैंकका प्रतिनिधि सहित सहकारी अनुगमन गर्ने तयारी


काठमाडौँ – नेपाल राष्ट्र बैंकले प्रतिनिधि उपलब्ध गराएपछि सहकारी विभागले सहकारी संस्था अनुगमन निरीक्षण सुरु गर्ने भएको छ ।

राष्ट्र बैंकले सहकारी संस्था अनुगमन निरीक्षण गर्न तीन प्रतिनिधि पठाएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय स्रोतले जनाएको छ ।

केन्द्रीय बैंकले प्रतिनिधि पठाएसँगै सहकारी विभागले अनुगमन सुरु गर्ने बताइएको छ ।

विभागमा कार्यरत लेखा उपसचिव र दुई उपरजिस्ट्रारको नेतृत्वमा तीन समूह बनाउने र हरेकमा राष्ट्र बैंकका एक प्रतिनिधि समेत रहने गरी अनुगमन निरीक्षण हुने विभागले जनाएको छ ।

प्रतिक्रिया