

सितापाइला घटना : श्रीमती र दुई छोरीको हत्यापछि ससुरालाई फोन गरेर श्रीमानले गरे आत्महत्या

काठमाडौं- काठमाडौंको सितापाइलामा मृत फेला परेका एकै परिवारका तीन जनाको हत्या भएको खुलेको छ ।
सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका ६ बैराग टोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनका छोरीहरु ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी सिवानी श्रेष्ठको हत्या भएको हो ।
ईश्वरीका श्रीमान राजु घिमिरे भन्ने काजी बिकको शव भने घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा फेला परेको थियो । उनले श्रीमती ईश्वरी श्रेष्ठ दुई छोरीको हत्यापछि आफूले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
श्रीमती र दुइ बालिकाको हत्यापछि उनले आफ्नै ससुरालाई फोन गरेर घटनाका बारेमा जानकारी गराउँदै आफूले पनि आत्महत्या गर्न लागेको बताएको प्रहरीले जानकारी दिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।

