ज्वाईं–जेठान मिलेर ६३ लाख ठगी गर्ने पक्राउ


काठमाडौं — युरोप पठाउने भन्दै ६३ लाख रुपैयाँ ठगेको आरोपमा ज्वाईं र जेठान पक्राउ परेका छन् ।

सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर–३ घर भएर ललितपुर बस्ने ३५ वर्षीय रामेश्वर सिंह र धनुषाको मिथिला नगरपालिका–१० घर भएर ललितपुर बस्ने राम सेवक सिंहले विभिन्न ५५ जना व्यक्तिबाट युरोप पठाउने भन्दै ६३ लाख ठगी गरेको खुलेको छ ।

पारिवारिक नाता ज्वाईं र जेठान समेत रहेका उनीहरु दुवै जना मिलेर लामो समयदेखि ठगीधन्दा चलाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरुले ‘गढिमाई कन्सल्टेन्सी’को नाममा ठगीधन्दा चलाएको पनि खुलेको छ ।

प्रतिक्रिया