

आगलागीमा परी २ बालबालिकाको मृत्यु

अछाम – अछाममा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ ।
जिल्लाको मेल्लेख गाउँपालिका वडा न. ३ ठाँटी दर्बा को गैरामा साँझ आगलागी हुँदा २ बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।
घर नजिकै बालेको आगो गोठमा सल्किँदा ६ बर्सकी निरुता बुढा र ३ बर्सका अङ्कित बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।

