चक्कु प्रहार गरेर फरार भएका बबले गरे ‘सरेन्डर’


काठमाडौं– केहीदिन अघि काठमाडौंको जनसेवा २ युवकमाथि चक्कु प्रहार गरि फरा भएका बब शर्मा भनिने विजयन्त प्रताप शर्माले आत्मसमर्पण(सरेन्डर) गरेका छन् ।

बबले माघ २१ गते आत्मसमर्पण गरेको प्रहरी वृत्त जनसेवाका प्रमुख तथा डीएसपी भेषराज रिजालले जानकारी दिए ।
जनसेवामा प्रदीप केसी र अर्का एक युवा गरी २ जनामाथि चक्कु प्रहार भएको थियो । चक्कु प्रहारबाट घाइतेहरुलाई उपचारका लागि अस्पताल पठाएर प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको थियो ।

अहिलेसम्म चक्कु प्रहारमा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । बब शर्मासँगै पक्राउ पर्नेहरुमा रन्जन कुमार, सुवास श्रेष्ठ, प्रविना खत्री, समुन महर्जन छन् ।

प्रतिक्रिया