ठमेलको होटलमा मृत भेटिए चिनियाँ नागरिक


काठमाडौं – ठमेलमा एक चिनियाँ नागरिक मृत भेटिएका छन्।

ठमेलको क्वावहालस्थित नेपालय होम होस्टलमा ४७ वर्षीय चिनियाँ नागरिक बाओ गुआन्ग्ली मृत भेटिएका हुन्।

उनी केहीदिन देखि उक्त होटलमा बस्दै आएको प्रहरीले जनाएको छ।

उनी आफू बस्ने कोठाभित्र शनिबार मृत अवस्थामा भेटिएका थिए।

उनको मृत्यु कारण खुलिनसकेको र शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया