आज काठमाडौं उपत्यकामा ५८ सहित १२० जना संक्रमित थपिए


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १२० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२० जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६०८ पुगेको छ भने पछिल्लो २४ घण्टामा ८३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ७६६ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या ८३२ रहेका छ । गत २४ घण्टामा ६ हजार १ सय ४३ पीसीआर परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हाल कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १० पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५८ जना कोरोना संक्रमित थपिएका छन् । जस अनुसार काठमाडौंका ४६, ललितपुरका ५ र भक्तपुरका ७ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया