माल्टा पठाईदिने भन्दै ठगी गर्ने पोखराका गुरुङ बानेश्वरबाट पक्राउ


काठमाडौं – माल्टा पठाइदिने भन्दै ६ लाख बढी रकम ठगी गर्ने प्रकाश गुरुङ पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार कास्की पोखराका गुरुङले वैदेशिक रोजगारीका लागि माल्टा पठाईदिन्छु भनै ६ लाख १८ हजार रुपैयाँ लिएर सम्पर्कबिहीन रहेर ठगी गरेको पाइएपछि पक्राउ गरिएको हो ।

उनले माल्टा जानका लागि ८ लाख रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि होटलमा काम लगाइदिने भन्दै उक्त रकम ठगी गरेको खुलेको छ ।

उनलाई मंगलबार राजधानीको नयाँ बानेश्वर बाट प्रहरीले पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा बुझाएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जनाए ।

प्रतिक्रिया