नागढुङ्गाबाट २२ तोला सुनसहित भारतीय नागरिक पक्राउ


काठमाडौं – महानगरीय प्रहरी प्रभाव नागढुङ्गाले २२ तोला सुन सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।भारतीय नागरिक सस्मलको झोलामा सुन फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख अशोक सिंहले जानकारी दिए ।

पक्राउ पर्नेमा नकुवार जनदारा हाउडा घर भएका ३१ वर्षीय तपस सस्मल रहेका छन् । वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना १ ज ७९२१ नम्बरको टाटासुमोलाई नागढुङ्गा चेकपोष्टमा जाँच गर्दा २२ तोला ३२ लाल परिमाणको २४ थान सिक्री भेटिएको थियो ।

पक्राउ परेका भारतीय नागरिकलाई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग पठाइएको छ ।

प्रतिक्रिया