सेक्युरिटी गार्डमा मकाउ पठाइदिने भन्दै ठगी गर्ने सिग्देल पक्राउ


काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मकाउ पठाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ गरेको छ ।

कार्यालयका अनुसार मकाउ पठाइदिने भने २ लाख ७० हजार ठगी गर्ने काठमाडौं महाराजगञ्जका पृथ्वीराज सिग्देललाई पक्राउ गरेको हो ।

उनले मनिराम तिमल्सिना समेतलाई वैदेशिक रोजगारीको लागि मकाउ पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति रु. ९,००,०००/- ( अक्षेरुपी नौं लाख रुपैयाँ ) लाग्छ, मकाउ पुगेपछि प्रतिष्ठित कम्पनीमा Security Guard काम लगाइदिन्छु, मासिक रु. १,८०,०००/-( अक्षेरुपी एक लाख असी हजार रुपैयाँ ) तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरुबाट पटकपटक गरी जम्मा रु. २,७०,०००/- रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले यस कार्यालयबाट खटिएको प्रहरी टोलीले दरबारमार्गबाट पक्राउ गरेको जनाइएको छ ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमा पठाईएको जनाइएको छ ।

प्रतिक्रिया