प्रधानमन्त्री बन्दैछन् केपी ओली, तर फिल्ममा


काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म खेल्ने भएका छन् । उनले फिल्म ‘नमेटिने घाउ’मार्फत अभिनयमा डेब्यु गर्दै छन् ।

एसिड आक्रमणबाट पीडित किशोरी र महिलाहरूका पीडा र जीवन कथालाई समेटर उक्त चलचित्र निर्माण हुने भएको हाे ।

ओली प्रधानमन्त्री भएको बेला एसिड आक्रमणकारीहरूलाई कडा सजाय गर्ने कानून ल्याएको र पीडितहरूलाई राहत र क्षतिपूर्तिको व्यवस्था गरेकाले ओलीको हातबाट चलचित्रको शुभमुहूर्त गरेकाे निर्माण टीमले जनाएको छ ।

रमित ढुंगानाको लगानी र निर्देशनमा बन्ने फिल्ममा एसिडपीडित मुस्कान खातुनको जिवनीमा आधारित हुनेछ । यस फिल्ममा मुस्कानसहित सुरवीर पण्डित, सिम्रन खड्कालगायतले अभिनय गर्नेछन् ।

 

 

प्रतिक्रिया