
अर्थमन्त्री पौडेललाई आफ्नै क्षेत्रका स्थानीयद्वारा विरोध, भत्काइदिए कार्यक्रमको लागि तयार पारेको मञ्च
बुटवल – अर्थमन्त्री विष्णु पौडेल माथी रुपन्देहीका स्थानीयले विरोध गरेका.छन् ।
रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र शिलान्यास गर्न पुगेका अर्थमन्त्री विष्णु पौडेललाई स्थानीयले केही नगरेको भन्दै अवरोध गरेका हुन् ।
आफ्नो ठाउँको लागि मन्त्री पौडेलले केही नगरेको भन्दै विरोध गरेका विरोधमा सहभागी बताए । विरोधमा उत्रिएका स्थानीयले कार्यक्रमको लागि तयार गरिएको मञ्चसमेत भत्काइदिएका थिए ।
शुक्रबार कडा सुरक्षाकाबीच मञ्च निर्माण गरिए पनि पनि स्थानीयले भने विरोध जारी राखेका छन् । स्थानीयले माग पूरा नभएसम्म औद्योगिक क्षेत्रको शिलान्यास गर्न नदिने बताएका छन् ।



कागजपत्र |
