


फिल्म खेल्दै हर्क साम्पाङ

काठमाडाैं- धरानका मेयर हर्क साम्पाङ फिल्ममा देखिने भएका छन् । उनी फिल्म ‘खजुरे ब्रो’ मा विशेष भूमिकामा देखिँदैछन् ।
फिल्ममा उनको एक मिनेट लामो दृश्य छायांकन गरिएको निर्माण टिमले जानकारी दिए ।
सुरज सुनुवारले निर्देशन गरिरहेको फिल्ममा नवीन मानन्धर र सुरज सुनुवारको लगानी छ । कमेडी जनरामा बन्ने फिल्मको लेखक पनि निर्देशक सुनुवार नै हुन् ।
डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको फिल्ममा शिशिर विसंखेको छायांकन, अनमोल गुरुङको संगीत रहेको छ। यो फिल्म अगामी वर्ष जेठमा प्रदर्शन गर्ने निर्माण टिमको योजना छ ।

