

अर्काको घरमा आगो लगाएर भागेका प्रेम समातिए

बागलुङ– अर्काको घरमा आगो लगाएर फरार भएका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाग्लुङको बडिगाड गाउँपालिका–३ सिसाखानी घर भइ हाल बाग्लुङ नगरपालिका–३ गहते बस्दै आएका ५९ वर्षीय प्रेमबहादुर विक रहेका छन् ।
विकले गत असोज ११ गते बाग्लुङ नगरपालिका– ७ का रमेशराज पाण्डेको घरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीमा १९ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
त्यसपछि फरार भएका विकलाई पक्राउ गरी अदालतमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी मदन केसीले जानकारी दिए ।

