

क्रोएसिया पठाइदिन्छु भनी ठग्ने बसन्तपुरका विशाल पक्राउ

काठमाडौं – क्रोएसिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा काठमाडौं बसन्तपुरका विशाल श्रेष्ठ पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले श्रेष्ठलाई क्रोएसिया पठाइदिन्छु भनी १ लाख ४ हजार ठगेको आरोपमा पक्राउ गरेको हो ।
उनले एलिना पख्रिनलाई वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाईदिन्छु त्यसको लागि रु. ७,५०,०००।- (अक्षेरुपी सात लाख पचास हजार रुपैयाँ) लाग्छ, क्रोएसिया पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक रु. ७०,०००।- (अक्षेरुपी सत्तरी हजार रुपैयाँ) तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटक पटक रु- १,०४,०००।- (अक्षेरुपी एक लाख चार हजार रुपैयाँ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेको हुनाले बागबजारबाट पक्राउ गरेको जनाइएको छ । साथै उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको पनि प्रहरीले जनाएको छ ।

