
ठमेलमा सानुभाइको समूहद्वारा एक जनामाथि कुटपिट
काठमाडौं- राजधानीको ठमेलमा एक पुरुषमाथि सानुभाइ भनिने युवराज गुरुङको समूहले कुटपिट गरेको छ । समूहले बागलुङ घर भएका एक पुरुषमाथि गत शनिबार ठमेलमा कुटपिट गरेको प्रहरीले जानकारी गराएको छ ।
सानुभाइको समूहले प्लेब्वाइ क्लबको पार्किङमा ती पुरूषमाथि कुटपिट गरेकाे सिसीटिभी फुटेज सार्वजनिक भएको छ ।
पीडितले प्रहरी वृत्त दरबारमार्गमा सानुभाइसहित ६ जनाविरूद्ध पीडितले जाहेरी दिएका छन् ।
प्रहरीले उनको नाम खुलाएको छैन । उनीहरूबीच के विषयमा विवाद भएर कुटपिट भएको भन्ने खुलेको छैन ।



कागजपत्र |
