बालिका बलात्कारको आरोपमा ३५ वर्षीय युवक पक्राउ


बाँके- बाँकेको बैजनाथ गाउँपालिकामा एक बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ परेका छन् । प्रहरीले सोही ठेगाना भएका ३५ वर्षीय प्रेमबहादुर रावतलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

गत पुस २७ गते दिउँसो बालिकालाई रावतले उनकै घरमा पुगेर अभिभावकहरू नभएको मौकामा जबरजस्ती करणी गरेको भन्दै उजुरी परेको उनले बताए ।

बलात्कारको आरोप लागेका रावतलाई जिल्ला अदालत बाँकेबाट १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

 

प्रतिक्रिया