बोक्साको आरोपमा काकाको हत्या गरी फरार रहेका अभियुक्त १५ वर्षपछि पक्राउ


काठमाडाैं – बोक्साको आरोपमा हत्या गरी फरार रहेका अभियुक्त १५ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेकाे शिखर आम्बोटे गाविस-३ घर भएका ४४ वर्षीय टंक बहादुर मगर र ४२ वर्षीय सन्त बहादुर मगर रहेका प्रहरीले जनाएको छ ।

साबिक रोशि गाउँपालिका-३ स्थित चमार सिंह मगर भन्ने जनक बहादुर मगरलाई भतिज पर्ने दुवै मगरले बोक्साको आरोप लगाई कुटपिट गरी हत्या गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पुष २४ गते पक्राउ गरी मिति २५ गते सन्त बहादुर मगरलाई आवश्यक कारबाहीको लागी सम्मानित जिल्ला अदालत काठमाडौंमा बुझाएको थियो ।

प्रतिक्रिया