

कञ्चनपुरको बेलौरीमा प्रहरी र तस्करबिच गोली हानाहान, एकको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–७ पौलाहामा प्रहरी र तस्करबिच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको हो ।
नेपाल-भारत सीमा क्षेत्र नजिकै गस्ती गरिरहेको प्रहरी टोलीमाथि तस्कर समूहले गोली चलाएपछि जवाफी कारबाहीमा एक भारतीय नागरिकको मृत्यु भएको र एक प्रहरी सामान्य घाइते भएको एक अधिकारीले जानकारी दिएका छन् ।
मृतक भारतीय नागरिकको सनाखत भने हुन सकेको छैन ।

