

‘सपना भुलाइ सारा आँसु पिएर जाऊ’का गायक वैद्यको निधन

काठमाडौं – गायक योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भएको छ। गएराति साढे १२ बजेतिर अस्पताल लग्ने क्रममा उनको निधन भएको परिवारले जानकारी दिएको छ।
सुगम संगीतमा उनको वेग्लै प्रतिष्ठा रहेको साहित्यकार तथा अध्येता प्रकाश सायमीले बताए। उनका अनुसार वैद्य बौद्धिक कलाकारका रूपमा चिनिन्छन्।संगीतका साथै उनी तीन दशकभन्दा लामो समय सरकारी सेवामा रहेका थिए। उनले २०६१ मा सहसचिव पदबाट अवकाश लिएका हुन्।
उनका ‘सपना भुलाइ सारा आँसु पिएर जाऊ, आखैँमा रात गली, ‘मेरो आँसुमा नहाँसे घायल यो दिल के हाँस्थ्यो’ नेपाल मेरो तिमीलाई लगायतका गीत चर्चित छन्। उनी नेपाल भाषाका पनि थुप्रै गीत गाएका थिए।
पशुपति आर्यघाट शुक्रबार उनको अन्तिम संस्कार गरिने परिवारले जनाएको छ। उनका दुई छोरी र एक छोरा छन्।

