
२ करोड नगदसहित हुण्डी र सुन कारोबारको आरोपमा अग्रवाल पक्राउ
काठमाडौं — हुन्डी र सुन कारोबारको आरोपमा राजधानीबाट एक व्यापारी पक्राउ परेका छन् ।
राजस्व अनुसन्धान विभागले कपडा व्यापारी नरेश अग्रवालको क्षेत्रपाटीस्थित निवासमा बिहीबार राति छापा मार्दा उनलाई नगद २ करोड रुपैयाँसहित पक्राउ गरेको हो ।
लामोसमयदेखि विभागको निगरानीमा रहेका अग्रवालको साथबाट दुई हजार अमेरिकी डलर पनि बरामद भएको जनाइएको छ । अग्रवाल अवैध धन्दामा लागेको शंकामा लामो समयदेखि विभागले निगरानी राखिएको थियो ।
अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको विषयमा थप अनुसन्धान भइरहको विभागले जनाएको छ । उनलाई राजस्वको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।



कागजपत्र |
