ललितपुरका यी स्थानमा ६ घन्टा बत्ती जाँदै


काठमाडौं – ललितपुरको गोदावरी क्षेत्रमा आज ६ घण्टासम्म विद्युत आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणको लगनखेल वितरण केन्द्रका अनुसार शुक्रबार बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म विद्युत् आपुर्ती बन्द हुने भएको हो ।

चिबहाल गेटदेखि सिमाको चोकसम्म चापागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने काम गर्नुपर्ने भएकाले विद्युत आपूर्ति बन्द गर्न लागिएको लगनखेल वितरण केन्द्रले जनाएको छ ।

यसबाट गोदावरी नगरपालिकाका ५, ६, ११, १२ र १३ नम्बर वडाका साथै लेले, टीकाभैरव, नल्लु, चापागाउँ, टाखेल, ठेचो, झरुवारासी लगायतका स्थानमा विद्युत् आपुर्ती बन्द हुने छ ।

प्रतिक्रिया