एउटै सलको पासो लगाइ रुखमा झुण्डिएको अवस्थामा भेटिए एक जोडी


कालिकोट – कालिकोटमा एक जोडी एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

अछाम भानाकोटकी करिब १६ वर्षकी युवती र कालिकोट खुलालुका अन्दाजी १८ वर्षीय युवक दहीखोला नजिक सिरेनीको मन्दिर नजिकै रुखमा झुण्डिएको अवस्थामा भेटिएको जनाइएको छ ।

उनीहरु एउटै सलले पासो लगाएर रुखको हाँगोमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

उनीहरुको शव अहिले प्रहरीले कालिकोट जिल्ला अस्पताल लगिसकेको जनाएको छ ।

घटनाबारे विस्तृत विवरणा प्राप्त भइनसकेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया