
१२ वर्षीया बालिका बलात्कारको आरोपमा युवक पक्राउ
बारा-बारामा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महागढीमाई नगरपालिका–२ का ३० वर्षीय अकाश मण्डल रहेका छन् ।
पीडित बालिकाका अभिभावकले दिएको किटानी जाहेरीका आधारमा मण्डललाई शनिबार पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए ।
पीडित बालिकाको कलैयास्थित प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको छ । पक्राउ परेका मण्डललाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको छ ।



कागजपत्र |
