कैलालीको दोहोरी साँझमा कुटपिटपछि एकको मृत्यु, ६ जना पक्राउ


कैलाली- कैलालीको अत्तरियामा रहेको सत्कार दोहरी साँझमा कुटपिटमा परि एक जनाको ज्यान गएको छ ।

२५ गते बुधवार राति कुटपिटमा परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५, गुलरियाका ४२ वर्षीय श्याम देउवाको मृत्यु भएको हो । २५ गते राति दोहरी साँझमा कुटपिटमा परेका देउवालाई परिवारका सदस्यले राति नै उपचारका लागि धनगढी स्थित निसर्ग हस्पिटलमा ल्याएका थिए ।

गम्भीर चोट लागेका उनको उपचारकै क्रमम अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले बताए । देउवाको अस्पतालमा मृत्यु भएपछि मात्रै परिवारले घटना बारे प्रहरीलाई बताएको प्रवक्ता चन्दले बताए ।

देउवाको ज्यान गएपछि उनको परिवारले इलाका प्रहरी कार्यालय मालाखेतीमा जाहेरी दिएको थियो । कैलाली प्रहरी प्रवक्ता चन्दले घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।

उनले अनुसन्धानका लागि शनिवारसम्म ६ जनालाई नियन्त्रणमा लिएको बताएका छन्।

प्रतिक्रिया