
५२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ
झापा- एक ५२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१२ प्रगति टोल बस्ने ७२ वर्षीय धनबहादुर श्रेष्ठ रहेका छन् ।
श्रेष्ठले ती महिलालाई मंगलबार दिउँसो जबरजस्ती करणी गरेको उजुरी परेको थियो । प्रहरी चौकी चारआलीबाट खटिएको टोलीले उनलाई बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



कागजपत्र |
