धरानमा कोरोना संक्रमति ५ महिने शिशुको मृत्यु


काठमाडौं– सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित ५ महिने शिशुको मृत्यु भएको छ ।

मोरङको सुन्दरहरैंचाकी संक्रमित बालिकाको शुक्रबार राति ७ः५० बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले विज्ञप्तिमार्फत जनाएका छन् ।

मस्तिष्कसम्बन्धी समस्या रहेकी बालिकालाई शुक्रबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया