
बहुबिवाह मुद्दामा फरार रहेकी संगिता पक्राउ
झापा- बहुबिवाह मुद्दामा फरार रहेकी एक महिला पक्राउ परेकी छिन् । झापाको हल्दीबारी गाउँपालिका–२ घर भई भद्रपुर नगरपालिका–७ बस्ने २६ वर्षीया संगिता बनिया भन्ने संगिता पुरी पक्राउ परेकी हुन् ।
जिल्ला अदालत झापाले जेठ ४ गते उनलाई बहुबिवाह मुद्दामा २ वर्ष कैद सजाय, २० हजार जरिवाना र ८ सय रूपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो ।
त्यसपछि फरार रहेकी उनलाई बिहिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।
पक्राउ परेकी महिलालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ त्यहाँबाट कैद भुक्तानीको लागि झापा कारागार पठाइएको छ ।



कागजपत्र |
