मेलम्चीको पानी काठमाडौं ल्याउन सुरुङमा पठाइयो


काठमाडौं- भूकम्प अनि भ्रेमाथाङ बाढीका कारण अवरुद्ध भएको मेलम्चीको पानी सुरुङमा प्रवेश गराइएको छ । सात महिनादेखि बन्द सुरुङमा मेलम्ची खोलाको पानी बिहीबार बेलुकादेखि छोडिएको हो ।

सुरुङ भरिएर सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी झर्न कम्तीमा चार दिन लाग्छ । माघ १ गतेसम्म काठमाडौंवासीको धारामा पानी पुर्‍याउने लक्ष्य राखिए अनुसार बिहीबारदेखि प्रतिसेकेन्ड ६ सय लिटर पानी सुरुङमा प्रवेश गराइएको छ । सो परिमाण बढाउँदै दैनिक २ हजार प्रतिसेकेन्ड अर्थात् १७ करोड लिटर सुरुङमा पठाइनेछ ।

गत साउन अन्तिम साता आएको बाढीले ल्याएको बालुवा र ढुंगासहितको गेग्रानले पुरिएको सिन्धुपाल्चोकको हेलम्बुस्थित मुहान क्षेत्र (हेडवर्क्स) सफा गरेर अस्थायी रूपमा पानी सुरुङमा प्रवेश गराइएको हो ।

स्मरणीय छ, मेलम्ची खानेपानी विकास समितिले २८ दिनमा पानी काठमाडौं झार्ने गरी काम गर्न चिनियाँ ठेकेदार कम्पनीसँग गत ३ गते गेग्रान हटाउने ठेक्का सम्झौता गरेको थियो ।

प्रतिक्रिया