कोटेश्वरको गेस्टहाउसबाट जुवा खेलिरहेका ५ पक्राउ


काठमाडौं – काठमाडौं महानगरपालिका-३२ कोटेश्वपरस्थित सुब्बा गेष्ट  हाउसबाट जुवातास खेलिरहेको अवस्थामा खोटाङ साकेला नगरपालिका-१ घर भएका २५ वर्षीय प्रकाश रोक्का लगायत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग कोटेश्वारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ७ सय ८५ रूपैयाँ र २ बुक तासहित पेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया