१० मिनेटमा पैसा ‘डबल’ गर्ने भन्दै ७ लाख लगेर फरार भएपछि…


काठमाडौं- १०  मिनेटमै पैसा ‘डबल’ बनाइदिन्छु भन्दै ७ लाख लिएर फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा सांगाचोकगढी नगरपालिका–५ घर भई काठमाडौं महानगरपालिका–१५ स्वयम्भू बस्ने २६ वर्षीय कुमार लामा रहेका छन् ।

उनले गत पुस १६ गते दाङ तुलसीपुर–५ बस्ने सुरेन्द्र वलीसँग१०  मिनेटभित्रमा पैसा डबल बनाइदिन्छु भन्दै नक्कली पैसाको भिडियो देखाएर विभिन्न प्रलोभनमा पारी निजसँग रहेको सात लाख लिएका थिए ।

त्यसपछि फरार भएका उनलाई जिल्ला प्रहरी परिसर, काठमाण्डौँबाट खटिएको प्रहरी टोलीले स्वयम्भूबाट पक्राउ गरेको हो।

उनको साथबाट ६० हजार नगद र एक थान मोबाइल बरामद भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।

प्रतिक्रिया