


८ हजार घुससहित असई पक्राउ

बाँके- बाँकेको खडैचा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल सम्पर्क कार्यालय, नेपालगन्जको टीमले असई गजेन्द्रसिंह भण्डारीलाई ८ हजार घुससहित पक्राउ गरेको हो ।
कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भन्दै ८ हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।
अख्तियारले यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।

