पूर्वप्रहरी अधिकृतको डिआईजीलाई सुझाव, ‘तल्ला दर्जाका प्रहरी प्रयोग गरेर नाम र दाम कमाउनतिर नलाग्नुस्’


काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआईजी) हरुको सरुवा भएको छ । सो अनुसार देशका सातै प्रदेशका प्रहरी प्रमुखहरु फेरिएका छन् । यससँगै नेपाल प्रहरीबाट अवकाश लिएका एक प्रहरी अधिकृतहरुले सरुवा भएका डिआईजीहरुलाई संगठन र जनताको हितका लागि केही काम गर्नका लागि सुझाएका छन् ।

उनले सादा पोशाकमा तल्ला दर्जाका प्रहरीलाइ खटाएर नाम र दाम कमाउन तिर नलाग्न समेत सुझाव दिएका छन्, उनी लेख्छन्, ‘सादा पोशाकमा तल्ला दर्जाका प्रहरीलाई खटाउने, उनीहरुबाट काम पनि लिने, दाम पनि कमाउने, नाम पनि कमाउने अनि आफ्नो मतलब सकिए पछि तिनै तलका काम गर्ने प्रहरीलाई लाखा पाखा पठाएर माथिल्ला दर्जाका अधिकृतहरुलाई चोख्याउने काम बन्द गर्ने ।’

पूर्वप्रहरी अधिकृत आभुषण तिम्सिनाले सामाजिक सञ्जाल फेसबुकमार्फत् सरुवा भएका डिआईजीहरुलाई सफलताको शुभकामना दिँदै केही सुझावहरु प्रस्तुत गरेका छन् ।

 

 

प्रतिक्रिया