नाबालिग बलात्कार आरोपमा मोरङमा युवक पक्राउ


काठमाडौं– मोरङमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–९ ज्योति टोलका २४ वर्षीय श्याम बर्देवा छन् ।

उनीमाथि १४ वर्षीया नाबालिगको बलात्कार गरेको आरोप छ । गएको शुक्रबार बर्देवाले आफ्नै घरमा लगेर बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी टोली खटिएको थियो ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रतिक्रिया